रुकुम पश्चिम, -१८, भदौ
रुकुम पश्चिमको आठबिसकोट नगरपालिका – ११ गोइरीमा अबस्थित श्री जनकल्याण माध्यमिक विद्यालयमा शैक्षिक सुधारसम्बन्धी भेला सम्पन्न भएको छ ।
कक्षा ८ मा अध्ययनरत विद्यार्थी, अभिभावक, गणित, अंग्रेजी र विज्ञान विषयका शिक्षक तथा आठबिसकोट नगरपालिका कार्यपालिकाका कृषि अधिकृत गोपालकृष्ण शाहको उपस्थितिमा मंगलबार भेला सम्पन्न गरिएको हो ।
भेलामा घरायसी पठन–पाठनलाई सहज र सरल बनाउने वातावरण निर्माण गर्ने र अभिभावकले आफ्ना छोराछोरीको भविष्यप्रति जिम्मेवारीपूर्वक भूमिका निर्वाह गर्ने प्रतिबद्धता जनाइएको छ ।
साथै, अभिभावकले हप्तामा कम्तीमा एकपटक विद्यालयमा उपस्थित भएर विद्यालयका गतिविधिबारे जानकारी लिने र आवश्यक सुझाव तथा सहयोग पुर्याउने निर्णयसमेत गरिएको छ ।
विद्यालय प्रशासनले यस निर्णयले विद्यार्थीको शैक्षिक गुणस्तर उकास्ने विश्वास व्यक्त गरेको छ ।