• समाचार
  • राजनीति
  • विशेष
  • आर्थिक
  • शिक्षा
  • स्वास्थ्य
  • विचार
  • मनोरञ्जन
  • विज्ञान प्रविधि
  • खेलकुद
  • भिडियो
×
शनिबार, जेठ ३०, २०८३
    • समाचार
    • राजनीति
    • विशेष
    • आर्थिक
    • शिक्षा
    • स्वास्थ्य
    • विचार
    • मनोरञ्जन
    • विज्ञान प्रविधि
    • खेलकुद
    • भिडियो

भर्खरै

त्रिवेणी गाउँपालिकाले निर्माण गर्दै “हाम्रो त्रिवेणी” नामक पाठ्यपुस्तक

डेलिभरीको क्रममा जटिल समस्या देखिँदा हेलिकोप्टरबाट आचार्यलाई सुर्खेत पठाइयो 

एउटै पालिकाबाट करिब सात करोडको कृषिजन्य वस्तु बिक्री

गुरुङ र पुन मन्त्रीमा नियुक्त

रास्वपा रुकुम पश्चिमको सभापतिमा खड्का निर्वाचित 

रुकुमको राजनीतिक यात्रा : इतिहास, विचारधारा र जनअपेक्षाको निरन्तरता

कमलताल प्रालिले थप्यो नयाँ एसी सुपर बस

देश कल्ले डुबायो ?

रास्वपा रुकुम पश्चिमले जिल्ला अधिवेशन गर्दै

लोकप्रिय समाचार

  • १. रुकुमको राजनीतिक यात्रा : इतिहास, विचारधारा र जनअपेक्षाको निरन्तरता

  • २. कमलताल प्रालिले थप्यो नयाँ एसी सुपर बस

  • ३. रास्वपा रुकुम पश्चिमको सभापतिमा खड्का निर्वाचित 

  • ४. एउटै पालिकाबाट करिब सात करोडको कृषिजन्य वस्तु बिक्री

  • ५. गुरुङ र पुन मन्त्रीमा नियुक्त

  • ६. डेलिभरीको क्रममा जटिल समस्या देखिँदा हेलिकोप्टरबाट आचार्यलाई सुर्खेत पठाइयो 

  • ७. त्रिवेणी गाउँपालिकाले निर्माण गर्दै “हाम्रो त्रिवेणी” नामक पाठ्यपुस्तक

फिल्मकर्मी दीपकराज गिरी र सन्तोष सेनबीच सामाजिक सञ्जालमा वाकयुद्ध

रुकुम पश्चिम, -१७, भदौ ।

Advertisement

नेपाली फिल्म क्षेत्रका दुई चर्चित नाम हो दीपकराज गिरी र सन्तोष सेन । यी दुबै चलचित्र क्षेत्रका खम्बा जस्तै हुन भन्दापनी फरक पर्दैन । दुबैजना फिल्म निर्माता निर्देशक तथा कलाकार पनि हुन । दुबैजनाले नेपाली फिल्म इन्डस्ट्रीलाई गतिलो योगदान पनि दिएका छन् । तर आज यी दुबैबीच सामाजिक सञ्जालमार्फत तीव्र वाकयुद्ध चलेको छ ।

गिरीले आफ्नो फिल्मको प्रचार–प्रसारको क्रममा “अरूको फिल्मलाई गाली गरेर अघि बढ्ने प्रवृत्ति अन्त्य गर्नुपर्छ” भन्दै सामाजिक सञ्जालमा लेखेका थिए । उनले कलाकारलाई “आफ्नो हिरो बाघ, अरूको स्याल” भन्ने मानसिकता अनुचित रहेको उल्लेख गर्दै, “बाघ पनि जनावर नै हो” भन्दै ब्यंग्य गरेका थिए ।

तर गिरीको टिप्पणीमा निर्माता सेन असन्तुष्ट बने । गिरीले सेनको कमेन्ट डिलिट गरेपछि सेनले लामो स्टाटस लेख्दै गम्भीर आरोप लगाएका छन् । सेनले गिरीलाई लक्षित गर्दै, “तिमीले अरूलाई कमेन्ट गर्न लगाएर लाखौँ दर्शकको भावनासँग खेलबाड गर्ने तुच्छ सोच पालेका छौ । दर्शककै माया कारण आज यहाँसम्म आइपुग्दा उनीहरूको भावनालाई कुल्च्ने अधिकार कसैलाई छैन,” भनेका छन् ।
उनले गिरीतर्फ इङ्गित गर्दै “बलिदान” फिल्ममाथि आएका नकारात्मक कमेन्टहरू पनि त्यही समूहकै परिणाम भएको आशंका व्यक्त गरेका छन् । सेनले लेखेका छन्, “तिमीलाई हार स्वीकार्य छैन, त्यसैले हामीले ठूला चुनौती मोलेर सिर्जना गरेका कामलाई पचाउन नसक्नु तिम्रो कमजोरी हो ।”

सेनले कालीमाता र पशुपतिनाथको कसम खाएर आफैंले कहिल्यै अरूलाई गिराएर अघि बढ्ने “पापी सोच” नपालेको दाबीसमेत गरेका छन् । उनले अझै लेखेका छन्, “यदि मैले कसैलाई नकारात्मक कमेन्ट गर्न लगाएको छु भने यसै क्षण मेरो जीवन अन्त्य होस् ।”

गिरीले फेरि प्रतिक्रिया दिँदै सेनलाई लक्षित गर्दै व्यंग्यात्मक शैलीमा “चोरको खुट्टा काट भन्दा खुट्टा उचाल्यो चोरले” भन्दै सन्देश सार्वजनिक गरेका छन् । उनले सेनको अभिव्यक्तिलाई “न त ब्यंग्य बुझ्ने, न बौद्धिकता थाहा हुने” भन्दै कटाक्ष गरेका छन् ।

यसरी सामाजिक सञ्जालमा चलेको वाकयुद्धले फिल्म ‘बलिदान’ र अन्य नयाँ चलचित्रका प्रचार–प्रसारलाई दर्शकमाझ थप चासोको विषय बनाएको छ ।

मङ्गलबार, भदौ १७, २०८२ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

त्रिवेणी गाउँपालिकाले निर्माण गर्दै “हाम्रो त्रिवेणी” नामक पाठ्यपुस्तक
डेलिभरीको क्रममा जटिल समस्या देखिँदा हेलिकोप्टरबाट आचार्यलाई सुर्खेत पठाइयो 
एउटै पालिकाबाट करिब सात करोडको कृषिजन्य वस्तु बिक्री
गुरुङ र पुन मन्त्रीमा नियुक्त
रास्वपा रुकुम पश्चिमको सभापतिमा खड्का निर्वाचित 
रुकुमको राजनीतिक यात्रा : इतिहास, विचारधारा र जनअपेक्षाको निरन्तरता

लोकप्रिय

  • १.
    रुकुमको राजनीतिक यात्रा : इतिहास, विचारधारा र जनअपेक्षाको निरन्तरता

  • २.
    कमलताल प्रालिले थप्यो नयाँ एसी सुपर बस

  • ३.
    रास्वपा रुकुम पश्चिमको सभापतिमा खड्का निर्वाचित 

  • ४.
    एउटै पालिकाबाट करिब सात करोडको कृषिजन्य वस्तु बिक्री

  • ५.
    गुरुङ र पुन मन्त्रीमा नियुक्त

  • ६.

  • ७.
    कमलताल प्रालिले थप्यो नयाँ एसी सुपर बस

  • ८.
    देश कल्ले डुबायो ?

हाम्रो बारेमा

सुधार मल्टिमिडिया प्रालिद्वारा सञ्चालित सुधार न्युज (sudharnews.com) मुसिकोट नगरपालिका -१, बागबजार रुकुम पश्चिम ।

सूचना विभाग दर्ता नं. : ४९०१-२०८१/८२ प्रेस काउन्सिल सूचीकृत नं. : ४८९९-२०८१/८२

हाम्रो टीम

संचालक तथा सम्पादक – अमरराज पुन

उप सम्पादक – भरत चन्द

संवाददाता – प्रेमराज पुन

संवाददाता –  

संवाददाता –

सम्पर्क

Phone Number
9857821362/9848215746
Email
sudharnews62@gmail.com

Copyright ©2026 Sudhar News | All rights Reserved.
 Website By :  nwTech.