रुकुम पश्चिम -२०, असार ।
Advertisement
मुसिकोट नगरपालिका -१४, छिवाङ ज्यूला देखि दोपाइ जोड्ने सडकमा कालोपत्र गरिएको छ । स्थानीय पूर्वाधार विकास आयोजना सुर्खेतबाट छिवाङ-दोपाई जोड्ने सडक खण्डमा कालोपत्र गरिएको हो ।
आयोजनाका इन्जिनियर दिलीप यादवका अनुसार चालु वर्षको करिब ६६ लाख रकमबाट ७ सय मिटर सडक खण्डमा कालोपत्र गरिएको छ । करिब १६० मिटर सडकको नाली पनि निर्माण गरिएको छ । सो सडक खण्डको कालोपत्र रूपक निर्माण सेवा रुकुम पश्चिमले गरेको छ ।
सडक कालोपत्रका लागि गएको फागुन ११ गते कार्यालय सङ्ग सम्झौता गरिएको थियो ।
हाल कालोपत्र गरिएको सडक निर्माणले यहाँका स्थानीयलाई सहज भएको छ ।