• समाचार
  • राजनीति
  • विशेष
  • आर्थिक
  • शिक्षा
  • स्वास्थ्य
  • विचार
  • मनोरञ्जन
  • विज्ञान प्रविधि
  • खेलकुद
  • भिडियो
×
बिहिबार, साउन १४, २०८३
    • समाचार
    • राजनीति
    • विशेष
    • आर्थिक
    • शिक्षा
    • स्वास्थ्य
    • विचार
    • मनोरञ्जन
    • विज्ञान प्रविधि
    • खेलकुद
    • भिडियो

भर्खरै

बुवाको हत्या गर्ने छोरा प्रहरी नियन्त्रणमा 

कर्णाली प्रदेशको मुख्यमन्त्रीमा नियुक्त शाहीले लिए सपथ

नेपालले आज नेदरल्यान्डसँग खेल्दै

कर्णाली प्रदेशको मुख्यमन्त्रीमा शाही नियुक्त 

काभा च्याम्पियनसिपमा नेपालको कमजोर प्रदर्शन

काभा च्याम्पियनसिप : नेपाल उज्बेकिस्तान सँग सोझो सेटमा पराजित

त्रिवेणीबाट करिब दुई करोडको अदुवा निर्यात

काभा च्याम्पियनसिप : बङ्गलादेशसँग नेपाल पराजित

कविता – ‘उदेक लाग्छ’

लोकप्रिय समाचार

  • १. बुवाको हत्या गर्ने छोरा प्रहरी नियन्त्रणमा 

  • २. कविता – ‘उदेक लाग्छ’

  • ३. त्रिवेणीबाट करिब दुई करोडको अदुवा निर्यात

  • ४. सेरा बालुवामा आयोजित खुल्ला पुरुष भलिबलको उपाधि रुकुम भलिबल प्रशिक्षण केन्द्रलाई

  • ५. कर्णाली प्रदेशको मुख्यमन्त्रीमा शाही नियुक्त 

  • ६. कविता – ‘मोबाइल लीला’

  • ७. काभा च्याम्पियनसिप : बङ्गलादेशसँग नेपाल पराजित

  • ८. काभा च्याम्पियनसिप : नेपाल उज्बेकिस्तान सँग सोझो सेटमा पराजित

  • ९. कर्णाली प्रदेशको मुख्यमन्त्रीमा नियुक्त शाहीले लिए सपथ

  • १०. काभा च्याम्पियनसिपमा नेपालको कमजोर प्रदर्शन

शैक्षिक गुणस्तर सुधारका लागि क्षमता विकास अभिमुखीकरण


रुकुम पश्चिम -१७, असार ।

Advertisement

आठबिसकोट नगरपालिकाले शैक्षिक गुणस्तर सुधारका लागि सरोकारवालाहरुको क्षमता विकास सम्बन्धी दुई दिने अभिमुखीकरण कार्यक्रम सुरु गरेको छ । नगरपालिकाको शिक्षा, युवा तथा खेलकुद शाखाले शैक्षिक गुणस्तर सुधारका लागि आजदेखि दुई दिने अभिमुखीकरण कार्यक्रम सुरु गरेको हो ।

कार्यक्रममा नगर प्रमुख, उप प्रमुख, वडा अध्यक्ष, नगरपालिका भित्र सञ्चालित सबै तहका सामुदायिक विद्यालयका प्रधानाध्यापक, विद्यालय व्यवस्थापन समितिका अध्यक्ष, नगर शिक्षा समितिका सदस्यहरुको सहभागिता रहेको निमित्त प्रमुख प्रशासकीय अधिकृत राजेश गौतमले बताए । उनले शैक्षिक गुणस्तर सुधारका लागि सबै पक्षको क्षमता विकास गर्ने उद्धेश्यले कार्यक्रम सञ्चालन गरिएको जानकारी दिए ।

कार्यक्रममा नगरभित्रका विद्यालयको शैक्षिक अवस्था, भईरहेका राम्रा अभ्यास, समस्या तथा चुनौतीहरु, सम्भावनाहरु लगायतका बिषयमा अभिमुखीकरण चलाइएको छ ।

कार्यक्रमको मुख्य प्रशिक्षकको रुपमा चितवनस्थित नारायणी नमूना माविका पूर्व प्रधानाध्यापक पूर्ण प्रसाद दवाडी विषय विज्ञको सहजीकरणमा रहेका छन् ।

यहाँको नगरपालिकाले शिक्षा क्षेत्रबाट स्पष्ट शैक्षिक विकासको कार्यदिशा निर्माण गरेर व्यवस्थित रुपमा शैक्षिक विकासका कार्यक्रम ल्याउन चाहेको नगर प्रमुख रबि केसीले बताए ।

आजदेखि सुरु भएको कार्यक्रममा शिक्षा अधिकृत ईन्द्र बहादुर बिष्टले आठबिसकोट नगरपालिकाको शैक्षिक अवस्था, शैक्षिक गुणस्तर सुधारका लागि भईरहेका प्रयासहरु, समस्या तथा चुनौतीहरुको बारेमा प्रस्तुतिकरण राखेका थिए । त्यस्तै कार्यक्रमको उद्घाटन सत्रमा प्रधानाध्यापकहरुले पालिका भित्र रहेका विद्यालय शिक्षाको गुणस्तर, अवस्था, भईरहेका राम्रा कार्यहरु र समस्याहरुको बारेमा रिपोर्टिङ गरेका थिए ।

यस नगरपालिकाले शैक्षिक गुणस्तर सुधारका लागि शिक्षक व्यवस्थापन, दिवा खाजा कार्यक्रम, किशोरीहरुको लागि सेनेटरी प्याड व्यवस्थापन, निशुल्क पाठ्यपुस्तक, छात्रवृत्ति प्रदान, राष्ट्रपति शैक्षिक सुधार कार्यक्रम, तालिम, विद्यालय अनुगमन, पढ्दै कमाउँदै कार्यक्रम लगायत गतिविधिहरु सञ्चालन गरिरहेको जनाएको छ ।

मङ्गलबार, असार १७, २०८२ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

बुवाको हत्या गर्ने छोरा प्रहरी नियन्त्रणमा 
कर्णाली प्रदेशको मुख्यमन्त्रीमा नियुक्त शाहीले लिए सपथ
नेपालले आज नेदरल्यान्डसँग खेल्दै
कर्णाली प्रदेशको मुख्यमन्त्रीमा शाही नियुक्त 
काभा च्याम्पियनसिपमा नेपालको कमजोर प्रदर्शन
काभा च्याम्पियनसिप : नेपाल उज्बेकिस्तान सँग सोझो सेटमा पराजित

लोकप्रिय

  • १.
    बुवाको हत्या गर्ने छोरा प्रहरी नियन्त्रणमा 

  • २.
    कविता – ‘उदेक लाग्छ’

  • ३.
    त्रिवेणीबाट करिब दुई करोडको अदुवा निर्यात

  • ४.
    सेरा बालुवामा आयोजित खुल्ला पुरुष भलिबलको उपाधि रुकुम भलिबल प्रशिक्षण केन्द्रलाई

  • ५.
    कर्णाली प्रदेशको मुख्यमन्त्रीमा शाही नियुक्त 

  • ६.
    कविता – ‘मोबाइल लीला’

भर्खरै

  • १.
    बुवाको हत्या गर्ने छोरा प्रहरी नियन्त्रणमा 

  • २.
    कर्णाली प्रदेशको मुख्यमन्त्रीमा नियुक्त शाहीले लिए सपथ

  • ३.
    नेपालले आज नेदरल्यान्डसँग खेल्दै

  • ४.
    कर्णाली प्रदेशको मुख्यमन्त्रीमा शाही नियुक्त 

  • ५.
    काभा च्याम्पियनसिपमा नेपालको कमजोर प्रदर्शन

  • ६.
    काभा च्याम्पियनसिप : नेपाल उज्बेकिस्तान सँग सोझो सेटमा पराजित

  • ७.
    त्रिवेणीबाट करिब दुई करोडको अदुवा निर्यात

  • ८.
    काभा च्याम्पियनसिप : बङ्गलादेशसँग नेपाल पराजित

हाम्रो बारेमा

सुधार मल्टिमिडिया प्रालिद्वारा सञ्चालित सुधार न्युज (sudharnews.com) मुसिकोट नगरपालिका -१, बागबजार रुकुम पश्चिम ।

सूचना विभाग दर्ता नं. : ४९०१-२०८१/८२ प्रेस काउन्सिल सूचीकृत नं. : ४८९९-२०८१/८२

हाम्रो टीम

संचालक तथा सम्पादक – अमर राज पुन

उप सम्पादक – भरत चन्द

संवाददाता – प्रेमराज पुन

संवाददाता – दिपेन्द्र महतारा

आइटी प्रमुख – बिरस सुनार

सम्पर्क

Phone Number
9857821362/9848215746
Email
sudharnews62@gmail.com

Copyright ©2026 Sudhar News | All rights Reserved.
 Website By :  nwTech.