रुकुम पश्चिम -१७, असार ।
Advertisement
मलेसियामा जारी एसिसी मेन्स यू-१६ मा नेपालले भुटानसँग ब्याटिङ गरिरहेको छ । टस जितेर ब्याटिङ रोजेको नेपालले ६ ओभरको खेल चलिरहँदा दुई विकेट गुमाएर २५ रन बनाएको छ ।
नेपालले यसअघि खेलेका तीनै खेलमा जित निकालेको छ । समूहको शीर्ष स्थानमा रहँदै नेपाल यसअघि नै सेमिफाइनल पुगिसकेको छ । यो समूहबाट सिंगापुर पनि सेमिफाइनल पुगिसकेको छ ।
एसियाली क्रिकेट परिषद् (एसिसी) को आयोजनामा जारी प्रतियोगितामा नेपाल सहित १० राष्ट्रको सहभागिता छ । सहभागी राष्ट्रहरुलाई दुई समूहमा विभाजन गरिएको छ ।
प्रतियोगिताको फाइनल ५ जुलाई (असार २१) मा हुनेछ । नेपाल प्रतियोगिताको डिफेन्डिङ च्याम्पियन हो । सन् २०२३ मा भएको प्रतियोगितामा मलेसियालाई हराउँदै नेपाल च्याम्पियन भएको थियो ।