रुकुम पश्चिम -३१, चैत ।
Advertisement
कुवेतले नेपाललाई तीन रनले पराजित गरेको छ । चार राष्ट्र सम्मिलित टी- ट्वान्टी-२० अन्तर्राष्ट्रिय सिरिजमा नेपाल तीन रनले पराजित भएको हो ।
जितको लागि एक सय ७५ रनको लक्ष्य पछ्याएको नेपाल १९ ओभर ३ बलमा सबै विकेट गुमाउँदै १ सय ७१ रनमा समेटिन पुग्यो ।
खराब ब्याटिङ प्रदर्शन नेपालको हारको प्रमुख कारण बनेको छ ।
नेपालले लिग चरणमा कतारलाई ८ विकेट र कुवेतलाई ६ विकेटले हराएको थियो । हङकङविरुद्धको खेल भने वर्षाका कारण रद्द भएको थियो ।
टी- ट्वान्टी-२० अन्तर्राष्ट्रिय सिरिजमा नेपाल सहित हङकङ, कुबेत र कतारको सहभागिता रहेको थियो ।