रुकुम पश्चिम -८, चैत ।
Advertisement
प्रधानमन्त्री कप पुरुष एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगितामा कर्णाली प्रदेशले मधेश प्रदेशलाई पराजित गरेको छ । भैरहवा क्रिकेट रङ्गशालामा आज भएको खेलमा कर्णालीले मधेसलाई ८१ रनले पराजित गरेको हो ।
कर्णालीले दिएको २ सय २१ रनको प्रतिस्पर्धात्मक लक्ष्य पछ्याएको मधेशले ३५ दशमलव २ ओभरमा सबै विकेट गुमाएर एकसय ३९ रन मात्रै बनायो । कर्णालीको जितमा अल राउन्डर दिपेन्द्र रावतले सर्वाधिक ६१ रन जोडेका हुन् । उनले ९२ बलको सामना गर्दै ६ चौका प्रहार गरेका थिए । रावतले मधेशको तीन विकेट समेत पतन गराए ।
आजको जितसँगै कर्णाली प्रदेशले पीएम कपको ७ खेलबाट चार म्याचमा जित हाँसिल गर्दै आठ अङ्क जोड्न सफल भएको छ ।