• समाचार
  • राजनीति
  • विशेष
  • आर्थिक
  • शिक्षा
  • स्वास्थ्य
  • विचार
  • मनोरञ्जन
  • विज्ञान प्रविधि
  • खेलकुद
  • भिडियो
×
आइतबार, भदौ २८, २०८३
    • समाचार
    • राजनीति
    • विशेष
    • आर्थिक
    • शिक्षा
    • स्वास्थ्य
    • विचार
    • मनोरञ्जन
    • विज्ञान प्रविधि
    • खेलकुद
    • भिडियो

भर्खरै

बोलेरो दुर्घटना अपडेट : मृतकको पहिचान खुल्यो 

सानीभेरीमा बोलेरो दुर्घटना हुँदा दुईजनाको मृत्यु, केही घाइते

अन्नपूर्ण स्पाइकर्सले जित्यो एनभिएल उपाधि 

एसिसी मेन्स प्रिमियर कपको उपाधि नेपालले जित्यो

एसिसी मेन्स प्रिमियर कप : नेपालद्वारा युएइलाई तीनसय १४ रनको लक्ष्य

कर्णाली शिवराज एनभिएल फाइनलमा

जेनजी आन्दोलनको बेला कारागारबाट फरार कैदी पक्राउ

एनभिएल फाइनलमा अन्नपूर्ण स्पाइकर  

ओमानलाई पराजित गर्दै नेपाल एसिसी मेन्स प्रिमियर कपको फाइनल प्रवेश 

लोकप्रिय समाचार

  • १. सानीभेरीमा बोलेरो दुर्घटना हुँदा दुईजनाको मृत्यु, केही घाइते

  • २. बोलेरो दुर्घटना अपडेट : मृतकको पहिचान खुल्यो 

  • ३. जेनजी आन्दोलनको बेला कारागारबाट फरार कैदी पक्राउ

  • ४. अन्नपूर्ण स्पाइकर्सले जित्यो एनभिएल उपाधि 

  • ५. एसिसी मेन्स प्रिमियर कपको उपाधि नेपालले जित्यो

  • ६. एनभिएलमा आज दुई खेल हुँदै

  • ७. कर्णाली शिवराज एनभिएल फाइनलमा

  • ८. एनभिएल फाइनलमा अन्नपूर्ण स्पाइकर  

  • ९. एसिसी मेन्स प्रिमियर कप : नेपालद्वारा युएइलाई तीनसय १४ रनको लक्ष्य

  • १०. लागु औषध मुद्दाका फरार प्रतिवादी पक्राउ

राजनीतिक सहमतिपछि मुलुक नयाँ उचाइमा पुगेको गाैतमको भनाइ


भरत चन्द
रुकुम पश्चिम -२४, फागुन ।

Advertisement

नेकपा एमालेका पोलिटब्युरो सदस्य तथा पूर्व सामान्य प्रशासन राज्यमन्त्री जितु गौतमले पछिल्लो राजनीतिक सहमतिपछि मुलुक नयाँ उचाइमा पुगेको बताएका छन् । राष्ट्रिय अभियान अन्तर्गत पार्टी र पार्टीका जनवर्गीय संगठनको गतिविधिलाई नजिकबाट अनुगमन गर्ने र आवश्यक सांगठनिक कामहरुलाई व्यवस्थित गर्ने उदेश्यका साथ रुकुम पश्चिम पुगेका गौतमले प्रेस चौतारीले आज मुसिकोटमा आयोजना गरेको पत्रकार सम्मेलमा बोल्दै यस्तो बताएका हुन् ।

 

केही महीना अघि नेपालको राजनीति जटिल मोडमा पुगे पनि अहिले संसदमा सबैभन्दा ठूलो दल नेपाली कांग्रेस र एमाले सहितका दलहरूको सहमतिमा प्रधानमन्त्री केपी शर्मा ओलीको नेतृत्वमा सरकार परिचालित भएपछि मुलुकले नयाँ उचाइ लिएको नेता गौतमको भनाइ छ ।

 

उनले दुई ठुला राजनीतिक दल लगायतको सरकार निर्माणपछि सातवटै प्रदेशमा सरकार पुनर्गठन भई स्थायित्व आएको दाबी गरे । कर्णाली प्रदेशमा एमाले संसदीय दलका नेता यामलाल कँडेलको नेतृत्वमा सरकार क्रियाशील रहेको र अन्य प्रदेशहरूमा पनि सरकारले प्रभावकारी रूपमा काम गरिरहेको नेता गौतमको भनाइ छ । उनका अनुसार अघिल्लो सरकारको समयमा स्थानीय तहमा बजेट निकासा नहुँदा विकास योजना प्रभावित भएको, तर अहिलेको सरकारले स्थानीय सरकारलाई समयमै बजेट निकासा गरेकाले विकास निर्माणका कामहरू तीव्र रूपमा अघि बढेको बताए ।

 

यसैगरी गौतमले वर्तमान सरकारले नेपालको अन्तर्राष्ट्रिय सम्बन्धलाई मजबुत बनाउने प्रयास गरिरहेको ठोकुवा गरेका छन् । अघिल्लो समयमा धमिलो देखिएको कूटनीतिक सम्बन्धलाई अहिले सुधार गरिएको भन्दै उनले मित्र राष्ट्र भारतसँगको सम्बन्ध सुधार हुँदै गएको बताए ।

 

अन्य राष्ट्रहरूसँग पनि कूटनीतिक तहमा समन्वय बढाइएको र आवश्यक राजदूत नियुक्ति गरेर अन्तर्राष्ट्रिय सम्बन्ध मजबुत पार्ने काम भइरहेको गाैतमको भनाइ छ ।

 

त्यस्तै संविधान कार्यान्वयनमा अवरोध देखिएको अवस्थामा अहिले त्यसलाई अगाडि बढाइएको बताए । प्रतिनिधिसभा र राष्ट्रिय सभाको हिउँदे अधिवेशन प्रारम्भ भइसकेको र हाल प्रदेश सभाहरूको अधिवेशन पनि जारी रहेको उनको भनाइ छ ।

 

नेता गौतमका अनुसार संसदमा नौवटा प्रमुख विधेयक चर्चामा रहेका छन्, जसमा पाँचवटा विधेयक पारित भइसकेका छन् भने भूमिसम्बन्धी विधेयक आवश्यक तयारीको चरणमा रहेको छ । उनले केही विधेयकमा देखिएका कानुनी जटिलता हटाउँदै व्यवस्थापन गर्न तर्फ सरकार प्रतिबद्ध रहेको बताए ।

 

यस्तै राज्यका संवैधानिक निकायहरूलाई अझ प्रभावकारी रूपमा परिचालन गर्नुपर्ने आवश्यकता रहेको औंल्याए । उनले स्थायित्व र आर्थिक सुधार मार्फत देशलाई समृद्ध बनाउन सरकार लागि परेको दाबी समेत गरे ।

शनिबार, फागुन २४, २०८१ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

बोलेरो दुर्घटना अपडेट : मृतकको पहिचान खुल्यो 
सानीभेरीमा बोलेरो दुर्घटना हुँदा दुईजनाको मृत्यु, केही घाइते
अन्नपूर्ण स्पाइकर्सले जित्यो एनभिएल उपाधि 
एसिसी मेन्स प्रिमियर कपको उपाधि नेपालले जित्यो
एसिसी मेन्स प्रिमियर कप : नेपालद्वारा युएइलाई तीनसय १४ रनको लक्ष्य
कर्णाली शिवराज एनभिएल फाइनलमा

लोकप्रिय

  • १.
    सानीभेरीमा बोलेरो दुर्घटना हुँदा दुईजनाको मृत्यु, केही घाइते

  • २.
    बोलेरो दुर्घटना अपडेट : मृतकको पहिचान खुल्यो 

  • ३.
    जेनजी आन्दोलनको बेला कारागारबाट फरार कैदी पक्राउ

  • ४.
    अन्नपूर्ण स्पाइकर्सले जित्यो एनभिएल उपाधि 

  • ५.
    एसिसी मेन्स प्रिमियर कपको उपाधि नेपालले जित्यो

  • ६.
    एनभिएलमा आज दुई खेल हुँदै

भर्खरै

  • १.
    बोलेरो दुर्घटना अपडेट : मृतकको पहिचान खुल्यो 

  • २.
    सानीभेरीमा बोलेरो दुर्घटना हुँदा दुईजनाको मृत्यु, केही घाइते

  • ३.
    अन्नपूर्ण स्पाइकर्सले जित्यो एनभिएल उपाधि 

  • ४.
    एसिसी मेन्स प्रिमियर कपको उपाधि नेपालले जित्यो

  • ५.
    एसिसी मेन्स प्रिमियर कप : नेपालद्वारा युएइलाई तीनसय १४ रनको लक्ष्य

  • ६.
    कर्णाली शिवराज एनभिएल फाइनलमा

  • ७.
    जेनजी आन्दोलनको बेला कारागारबाट फरार कैदी पक्राउ

  • ८.
    एनभिएल फाइनलमा अन्नपूर्ण स्पाइकर  

हाम्रो बारेमा

सुधार मल्टिमिडिया प्रालिद्वारा सञ्चालित सुधार न्युज (sudharnews.com) मुसिकोट नगरपालिका -१, बागबजार रुकुम पश्चिम ।

सूचना विभाग दर्ता नं. : ४९०१-२०८१/८२ प्रेस काउन्सिल सूचीकृत नं. : ४८९९-२०८१/८२

हाम्रो टीम

संचालक तथा सम्पादक – अमर राज पुन

उप सम्पादक – भरत चन्द

संवाददाता – प्रेमराज पुन

संवाददाता – दिपेन्द्र महतारा

आइटी प्रमुख – बिरस सुनार

सम्पर्क

Phone Number
9857821362/9848215746
Email
sudharnews62@gmail.com

Copyright ©2026 Sudhar News | All rights Reserved.
 Website By :  nwTech.