• समाचार
  • राजनीति
  • विशेष
  • आर्थिक
  • शिक्षा
  • स्वास्थ्य
  • विचार
  • मनोरञ्जन
  • विज्ञान प्रविधि
  • खेलकुद
  • भिडियो
×
शनिबार, चैत २१, २०८२
    • समाचार
    • राजनीति
    • विशेष
    • आर्थिक
    • शिक्षा
    • स्वास्थ्य
    • विचार
    • मनोरञ्जन
    • विज्ञान प्रविधि
    • खेलकुद
    • भिडियो

भर्खरै

तुलसीराम खड्काका तीन मुक्तक

रुकुम पूर्वमा तीन दिने मानसिक स्वास्थ्य शिविर सम्पन्न

मुसिकोटमा राष्ट्रिय आर्थिक गणना सम्बन्धी अन्तर्क्रिया

आजदेखि यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसइई) सुरु

नेकपा एमाले संसदीय दलको नेतामा बादल चयन

मतदाता नामावली सङ्कलन तथा अद्यावधिक कार्यक्रम सुरु हुँदै

रुकुमकोटमा निःशुल्क विशेषज्ञ मानसिक स्वास्थ्य शिविर सम्पन्न

नेकपा एमालेले तय गर्‍यो आन्दोलनका कार्यक्रम

आजको मौसम : हावाहुरी सहित मध्यम वर्षाको सम्भावना

लोकप्रिय समाचार

  • १. डिजिटल युगमा साक्षरता प्रवर्धन (निबन्ध)

  • २. तुलसीराम खड्काका तीन मुक्तक

  • ३. ओली र लेखकलाई पाँच दिन हिरासतमा राखिने

  • ४. मतदाता नामावली सङ्कलन तथा अद्यावधिक कार्यक्रम सुरु हुँदै

  • ५. रुकुमकोटमा निःशुल्क विशेषज्ञ मानसिक स्वास्थ्य शिविर सम्पन्न

  • ६. नेकपा एमालेले तय गर्‍यो आन्दोलनका कार्यक्रम

  • ७. आजदेखि यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसइई) सुरु

  • ८. नेकपा एमाले संसदीय दलको नेतामा बादल चयन

  • ९. मुसिकोटमा राष्ट्रिय आर्थिक गणना सम्बन्धी अन्तर्क्रिया

  • १०. रुकुम पूर्वमा तीन दिने मानसिक स्वास्थ्य शिविर सम्पन्न

सूचना प्रविधिको प्रयोगमा थपिएको चुनौती


रुकुम पश्चिम -१६, फागुन ।

Advertisement

धनवीर दाहाल

पछिल्लो समय विकसित सूचना प्रविधिले समाजलाई बदल्न थालेको छ । विश्वलाई नै सानो घेरामा सिमित बनाउन थालेको छ । एउटा मोवाइल भित्र विश्व हेर्न सक्ने अवस्था आएको छ । कुनै समय एउटा सूचना एक ठाँउबाट अर्काे ठाँउमा पुर्याउनका लागि हुलाकबाट चिठी खामबन्दी गरेर पठाउनु पर्दथ्यो ।

 

यो धेरै टाढाको कुरा नभएर विगत १५/१६ बर्ष अगाडिको कुरा हो । विस्तारै टेलिफोन, इमेल, इन्टरनेट हुँदै अहिले आएर ‘एआइ’ को समेत प्रयोग हुन थालिसकेको छ । प्रविधिको विकासले समाजलाई नजिक बनाएको छ । विश्व घटना तत्कालै थाहा हुने बनाइदिएको छ । प्रविधिलाई सही सदुपयोग गर्ने हो भने जीवन स्तरलाई पनि बदलेको धेरै उदाहरणहरु छन् ।

 

तर प्रविधिलाई दुरुपयोग गर्ने हो भने त्यसले जीवन बर्वाद बनाउँछ । अहिले सूचना प्रविधिको पहुँच बिस्तार भइरहँदा त्यस क्षेत्रका चुनौती पनि हाम्रा सामु उत्तिकै आएका छन् । ति चुनौतीको चिरफार गरी सकारात्मकता तिर लैजानु नै महत्वपुर्ण पक्ष हो ।

तर, ऊ स्कुलमा बाहेक मोबाइल फोनमै झुण्डिरहेको हुन्छ । नर्सरीमा पढ्ने बच्चा मोवाइलमा कार्टुन हेरेर रमाइरहेको हुन्छ । उसलाई आमाको ममताको प्रवाह हुँदैन । बुवाको वात्सल्य प्रेमको चासो हुँदैन । हजुरआमाका मिठा-मिठा कथाको मतलब हुँदैन । कसरी उसले ठूलो भएर आमाबाबुलाई माया गर्ला, जबकि माया-ममता सिकेको छैन ।

 

सञ्चार क्षेत्रमा हाल देखिएका चुनौतीहरू पार गर्दै भविष्यमा आउन सक्ने चुनौतीबारे समेत पूर्वतयारी गर्नुपर्ने अवस्था आइसकेको छ । सञ्चार क्षेत्रमा पुराना कानुन, सामाजिक सञ्जालको बढ्दो प्रयोग, बदलिँदो प्रविधि लगायत चुनौती थपिएको छ । सूचनाको हक लगायत नागरिकका अन्य हक कार्यान्वयन गराउन सञ्चार माध्यमको भूमिका थप प्रभावकारी हुनुपर्ने अहिलेको आवश्यकता रहेको छ । हामीले प्रयोग गर्दै आएको सामाजिक सञ्जाल पनि एक प्रकारको संचार माध्यम हो ।

 

तर त्यसको प्रयोग फेक आइडी खोल्न, गालीगलौज गर्न, अश्लील शब्द प्रयोग गर्न, चरित्र हत्या गर्नको लागि सञ्चालनमा ल्याइएको होइन । तर त्यही नहुनुपर्ने भइरहेको छ । पछिल्लो समय फेसबुक, युट्युव, ट्वीटर, ब्लग, भ्लग, अनलाइन पोर्टलको दुरूपयोग अचेल बढी छ । सामाजिक सञ्जाल प्रयोग कर्तामा हिजोआज ससाना स्कुले बालबालिकामा बढी रहेको देखिन्छ । स्कुल पढ्ने विद्यार्थीले धेरै कुरा सिक्ने धेरै कुरा उसको परिवार, छरछिमेक र ऊ बस्ने समाजमा हुन्छन् ।

 

सामाजिक सञ्जाललाई मर्यादित बनाउन सूचना प्रविधि व्यवसाय, साइबर सुरक्षा, मोवाइल बैंकिङ, डाटा सुरक्षा, साइबर हमला, साइबर अपराध र साइबर आतंकलाई नियन्त्रण र नियमन गर्ने प्रावधानहरू संविधानमा संशोधन गरी राखिनु आवश्यक देखिन्छ ।

तर, ऊ स्कुलमा बाहेक मोबाइल फोनमै झुण्डिरहेको हुन्छ । नर्सरीमा पढ्ने बच्चा मोवाइलमा कार्टुन हेरेर रमाइरहेको हुन्छ । उसलाई आमाको ममताको प्रवाह हुँदैन । बुवाको वात्सल्य प्रेमको चासो हुँदैन । हजुरआमाका मिठा-मिठा कथाको मतलब हुँदैन । कसरी उसले ठूलो भएर आमाबाबुलाई माया गर्ला, जबकि माया-ममता सिकेको छैन । कसरी ऊ सिर्जनशील हुनसक्छ, जबकि हजुरआमाका कथा सुनेर कल्पना गर्न जानेकै छैन । यसो भन्दैमा सामाजिक सञ्जाल खराब भन्ने आशय मात्र होइन, यसको प्रयोगलाई समयसापेक्ष र समुचित गराउन सकिएको छैन भन्ने मात्र हो ।

 

बालबालिकाको कलिलो दिमागमा मोवाइल आक्रमणलाई सिर्जनशील रूपमा प्रयोग गर्न गराउन नसक्नु वर्तमान प्रविधिको विकृत रूप बनेको छ । बालबालिकासँगै फुर्सदिला व्यक्तिहरू सामाजिक सञ्जाललाई समय विताउने अवसरका रूपमा प्रयोग गरेको देखिन्छ । तसर्थ सूचना तथा सञ्चार प्रविधि क्षेत्रमा नविनतम प्रविधिहरू आइरहेका छन् ।

 

यसको राम्रोसँग प्रभावकारी ढंगले काम गर्न सकेको खण्डमा यसबाट हामीले खोजेको रूपान्तरण ल्याउन सक्दछौं । सूचनाको हकको कुरा संविधानको धारा २७ मा व्यवस्था भएपनि अन्तर्राष्ट्रिय अभ्यासलाई हेर्दा त्यहाँ केही त्रुटी देखिएका छन् । देश संघ, प्रदेश, स्थानीय संरचनामा गइसकेको अवस्थामा प्रादेशिक, स्थानीय सूचना आयोग संविधानमा उल्लेख नगरिनु, संविधानमा सूचना हकका सन्दर्भमा नेपाली नागरिकलाई मात्र उल्लेख गरिनु ति त्रुटी मध्येका केही प्रतिनिधि उदाहरण हुन् ।

 

सामाजिक सञ्जाललाई मर्यादित बनाउन सूचना प्रविधि व्यवसाय, साइबर सुरक्षा, मोवाइल बैंकिङ, डाटा सुरक्षा, साइबर हमला, साइबर अपराध र साइबर आतंकलाई नियन्त्रण र नियमन गर्ने प्रावधानहरू संविधानमा संशोधन गरी राखिनु आवश्यक देखिन्छ । विकसित देशहरूको सफलताको प्रभावकारी आधार भनेको सूचना प्रविधिको अधिकतम र व्यवस्थित प्रयोग हो ।

 

-लेखक दुई दशकदेखि व्यावसायिक पत्रकारितामा सक्रिय हुनुहुन्छ । उहाँ हाल नेपाल टेलिभिजन काठमाडौँमा कार्यरत हुनुहुन्छ ।

 

शुक्रबार, फागुन १६, २०८१ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

रुकुम पूर्वमा तीन दिने मानसिक स्वास्थ्य शिविर सम्पन्न
मुसिकोटमा राष्ट्रिय आर्थिक गणना सम्बन्धी अन्तर्क्रिया
आजदेखि यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसइई) सुरु
नेकपा एमाले संसदीय दलको नेतामा बादल चयन
मतदाता नामावली सङ्कलन तथा अद्यावधिक कार्यक्रम सुरु हुँदै
रुकुमकोटमा निःशुल्क विशेषज्ञ मानसिक स्वास्थ्य शिविर सम्पन्न

लोकप्रिय

  • १.
    डिजिटल युगमा साक्षरता प्रवर्धन (निबन्ध)

  • २.
    तुलसीराम खड्काका तीन मुक्तक

  • ३.
    ओली र लेखकलाई पाँच दिन हिरासतमा राखिने

  • ४.
    मतदाता नामावली सङ्कलन तथा अद्यावधिक कार्यक्रम सुरु हुँदै

  • ५.
    रुकुमकोटमा निःशुल्क विशेषज्ञ मानसिक स्वास्थ्य शिविर सम्पन्न

  • ६.
    नेकपा एमालेले तय गर्‍यो आन्दोलनका कार्यक्रम

भर्खरै

  • १.
    तुलसीराम खड्काका तीन मुक्तक

  • २.
    रुकुम पूर्वमा तीन दिने मानसिक स्वास्थ्य शिविर सम्पन्न

  • ३.
    मुसिकोटमा राष्ट्रिय आर्थिक गणना सम्बन्धी अन्तर्क्रिया

  • ४.
    आजदेखि यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसइई) सुरु

  • ५.
    नेकपा एमाले संसदीय दलको नेतामा बादल चयन

  • ६.
    मतदाता नामावली सङ्कलन तथा अद्यावधिक कार्यक्रम सुरु हुँदै

  • ७.
    रुकुमकोटमा निःशुल्क विशेषज्ञ मानसिक स्वास्थ्य शिविर सम्पन्न

  • ८.
    नेकपा एमालेले तय गर्‍यो आन्दोलनका कार्यक्रम

हाम्रो बारेमा

सुधार मल्टिमिडिया प्रालिद्वारा सञ्चालित सुधार न्युज (sudharnews.com) मुसिकोट नगरपालिका -१, बागबजार रुकुम पश्चिम ।

सूचना विभाग दर्ता नं. : ४९०१-२०८१/८२ प्रेस काउन्सिल सूचीकृत नं. : ४८९९-२०८१/८२

हाम्रो टीम

संचालक तथा सम्पादक – अमरराज पुन

उप सम्पादक – भरत चन्द

संवाददाता – प्रेमराज पुन

संवाददाता –  

संवाददाता –

सम्पर्क

Phone Number
9857821362/9848215746
Email
sudharnews62@gmail.com

Copyright ©2026 Sudhar News | All rights Reserved.
 Website By :  nwTech.