• समाचार
  • राजनीति
  • विशेष
  • आर्थिक
  • शिक्षा
  • स्वास्थ्य
  • विचार
  • मनोरञ्जन
  • विज्ञान प्रविधि
  • खेलकुद
  • भिडियो
×
मङ्गलबार, माघ २७, २०८२
    • समाचार
    • राजनीति
    • विशेष
    • आर्थिक
    • शिक्षा
    • स्वास्थ्य
    • विचार
    • मनोरञ्जन
    • विज्ञान प्रविधि
    • खेलकुद
    • भिडियो

भर्खरै

मिथ्या सूचना सम्बन्धी पत्रकारलाई तालिम

आइसीसी टि-२० विश्वकपमा आज नेपालले इंगल्याण्डको सामना गर्दै

स्थानीय नीति, योजना र कानुन निर्माण प्रक्रिया सम्बन्धी अभिमुखीकरण

आइसीसी टि-२० विश्वकप आजदेखि सुरु

नेपालसँग क्यानडा ६ विकेटले पराजित

रुकुम पश्चिममा एचपीभी खोप सञ्चालन हुँदै

जन भेटघाटमा उम्मेदवार व्यस्त, चुनाव जित्नेमा सबैको दाबी

सल्यानमा अटो दुर्घटना हुँदा १० जना घाइते

निर्वाचन जितेपछि मात्रै खादा र माला लगाउने शर्माको भनाइ

लोकप्रिय समाचार

  • १. जन भेटघाटमा उम्मेदवार व्यस्त, चुनाव जित्नेमा सबैको दाबी

  • २. नेपालसँग क्यानडा ६ विकेटले पराजित

  • ३. रुकुम पश्चिममा एचपीभी खोप सञ्चालन हुँदै

  • ४. स्थानीय नीति, योजना र कानुन निर्माण प्रक्रिया सम्बन्धी अभिमुखीकरण

  • ५. मिथ्या सूचना सम्बन्धी पत्रकारलाई तालिम

  • ६. आइसीसी टि-२० विश्वकप आजदेखि सुरु

  • ७. आइसीसी टि-२० विश्वकपमा आज नेपालले इंगल्याण्डको सामना गर्दै

पापिनी मेलाको आयव्यय सार्वजनिक, करिब दुई लाख रूपैयाँ आम्दानी


रुकुम पश्चिम २६, माघ ।

Advertisement

रुकुम पश्चिमको मुसिकोट नगरपालिका -७, साँखमा हरेक बर्ष परम्परागत रुपमा लाग्दै आएको पापिनी मेलाको आय/व्यय सार्वजनिक गरिएको छ । मेला आयोजक हाम्रो सरोकार रुकुम पश्चिमले शुक्रबार मुसिकोटमा पत्रकार सम्मेलन गरी आय/व्यय सार्वजनिक गरेको हो ।

आयोकका अनुसार यो बर्ष १२ लाख ५१ हजार ७ सय ५९ रुपैयाँ आम्दानी भएको छ । आम्दानी मध्ये १० लाख ५२ हजार ९ सय तीस रुपैयाँ खर्च भएको छ । मेलाबाट सबै खर्च कटाएर १ लाख ९८ हजार ८ सय १९ रुपैयाँ फाइदा भएको आयोजकले बताएको छ ।

आम्दानी तर्फ यो बर्ष स्टलबाट २ लाख २४ हजार ५ सय, काठको पिङबाट १६ हजार २ सय, फलामको पिङबाट ६ हजार, विभिन्न खेहरुलबाट १ लाख २४ हजार, खुद्रा पसलबाट ३३ हजार ५ सय ५० रुपैयाँ, क्यामेराबाट २५ सय, देश बिदेशमा रहेका प्रायोजकहरुबाट ५ लाख ५७ हजार ५ सय ९ रुपैयाँ आम्दानी भएको छ । त्यस्तै पुरुष भलिबल दर्ता शुल्कबाट ८० हजार, महिला भलिबल दर्ता शुल्कबाट ७ हजार ५ सय र ७ नम्बर वडा कार्यालय सरकारबाट २ लाख गरी जम्म १२ लाख ५१ हजार ७ सय ५९ रुपैयाँ आम्दानी भएको छ ।

खर्चतर्फ प्रचारप्रसारमा ४९ हजार, बिजुली वाइरिङ ३८ हजार ९ सय ६० रुपैयाँ, भौतिक निर्माणतर्फ १ लाख २२ हजार २ सय ८० रुपैयाँ, प्रमाणपत्र तथ अन्य छपाईमा ५२ हजार १ सय १९ रुपैयाँ, खेलकुद सामग्री खरिदमा १ लाख ४४ हजार ८ सय ८० रुपैयाँ, मेस व्यवस्थापन तथा खाजा नास्तामा १ लाख २७ हजार ७ सय १० रुपैयाँ, सुरक्षा व्यवस्थापन खर्च २६ हजार ३ सय ८० रुपैयाँ र जग्गा व्यवस्थापनका लागि ३१ हजार खर्च भएको छ । त्यस्तै सांस्कृतिक पुरस्कारका लागि १ लाख १० हजार, खेलकुद पुरस्कार १ लाख ८२ हजार २ सय पचास रुपैयाँ, भलिबल रेफ्री खर्च ६३ हजार ५ सय, प्रशिक्षणका लागी ५८ हजार ४ सय ५० रुपैयाँ, स्वास्थ्य सामग्री खरिदका लागी ४२ सय र विविध खर्च ४२ हजार २ सय १ रुपैयाँ गरि जम्मा १० लाख ५२ हजार ९ सय तीस रुपैयाँ खर्च भएको पापिनी मेला आयोजकले बताएको छ ।

मेलामा खर्च भएर बचेको रकम सामाजिक कार्यमा लगाउने हाम्रो सरोकार रुकुम पश्चिमका अध्यक्ष मनोज बिकको भनाई छ । पापिनी मेला फाट्टफुट्ट रुपमा हरेक बर्ष माघ एक गतेबाट शुरु हुने गर्छ । माघ १० गतेबाट विधिवत रुपमा मेलाको औपचारिक उद्घाटन हुन्छ । माघ १५ र १६ गतेलाई मेलाको विशेष दिनका रुपमा मान्दै आइएको छ ।

शनिबार, माघ २६, २०८१ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

मिथ्या सूचना सम्बन्धी पत्रकारलाई तालिम
आइसीसी टि-२० विश्वकपमा आज नेपालले इंगल्याण्डको सामना गर्दै
आइसीसी टि-२० विश्वकप आजदेखि सुरु
नेपालसँग क्यानडा ६ विकेटले पराजित
रुकुम पश्चिममा एचपीभी खोप सञ्चालन हुँदै
जन भेटघाटमा उम्मेदवार व्यस्त, चुनाव जित्नेमा सबैको दाबी

लोकप्रिय

  • १.
    जन भेटघाटमा उम्मेदवार व्यस्त, चुनाव जित्नेमा सबैको दाबी

  • २.
    नेपालसँग क्यानडा ६ विकेटले पराजित

  • ३.
    रुकुम पश्चिममा एचपीभी खोप सञ्चालन हुँदै

  • ४.
    स्थानीय नीति, योजना र कानुन निर्माण प्रक्रिया सम्बन्धी अभिमुखीकरण

  • ५.
    मिथ्या सूचना सम्बन्धी पत्रकारलाई तालिम

  • ६.
    आइसीसी टि-२० विश्वकप आजदेखि सुरु

भर्खरै

  • १.
    मिथ्या सूचना सम्बन्धी पत्रकारलाई तालिम

  • २.
    आइसीसी टि-२० विश्वकपमा आज नेपालले इंगल्याण्डको सामना गर्दै

  • ३.
    स्थानीय नीति, योजना र कानुन निर्माण प्रक्रिया सम्बन्धी अभिमुखीकरण

  • ४.
    आइसीसी टि-२० विश्वकप आजदेखि सुरु

  • ५.
    नेपालसँग क्यानडा ६ विकेटले पराजित

  • ६.
    रुकुम पश्चिममा एचपीभी खोप सञ्चालन हुँदै

  • ७.
    जन भेटघाटमा उम्मेदवार व्यस्त, चुनाव जित्नेमा सबैको दाबी

  • ८.
    सल्यानमा अटो दुर्घटना हुँदा १० जना घाइते

हाम्रो बारेमा

सुधार मल्टिमिडिया प्रालिद्वारा सञ्चालित सुधार न्युज (sudharnews.com) मुसिकोट नगरपालिका -१, बागबजार रुकुम पश्चिम ।

सूचना विभाग दर्ता नं. : ४९०१-२०८१/८२ प्रेस काउन्सिल सूचीकृत नं. : ४८९९-२०८१/८२

हाम्रो टीम

संचालक तथा सम्पादक – अमरराज पुन

उप सम्पादक – भरत चन्द

संवाददाता – प्रेमराज पुन

संवाददाता –  

संवाददाता –

सम्पर्क

Phone Number
9857821362/9848215746
Email
sudharnews62@gmail.com

Copyright ©2026 Sudhar News | All rights Reserved.
 Website By :  nwTech.