रुकुम पश्चिम, -१० माघ ।
Advertisement
आज तीन प्रदेशको मौसम बदली हुने भएको छ । जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार पश्चिमी न्यूनचापीय प्रणाली थप सक्रिय हुँदा सुदूरपश्चिम, गण्डकी र कर्णाली प्रदेश गरि तीन प्रदेशका पहाडी क्षेत्रमा मौसम आंशिक बदली हुनेभएको हो
कतै हल्का वर्षा र उच्च क्षेत्रमा हिमपातको सम्भावना रहेसंगै आज दिउँसो कर्णाली, सुदूरपश्चिम, गण्डकी, लुम्बिनीका केही ठाउँमा छिटपुटदेखि हल्का वर्षाको सम्भावना रहेको बताएको छ ।
मौसम बदली भएकाले आज धेरैजसो ठाउँमा तापक्रम घट्न सक्ने अनुमान छ । आज तराईका धेरै ठाउँमा हुस्सु लागेको छ । काठमाण्डौसहित अरु बाँकी ठाउँमा आजको मौसम सफा रहने महाशाखाले जनाएको छ ।