• समाचार
  • राजनीति
  • विशेष
  • आर्थिक
  • शिक्षा
  • स्वास्थ्य
  • विचार
  • मनोरञ्जन
  • विज्ञान प्रविधि
  • खेलकुद
  • भिडियो
×
बुधबार, असोज २१, २०८३
    • समाचार
    • राजनीति
    • विशेष
    • आर्थिक
    • शिक्षा
    • स्वास्थ्य
    • विचार
    • मनोरञ्जन
    • विज्ञान प्रविधि
    • खेलकुद
    • भिडियो

भर्खरै

स्वास्थ्य संस्थालाई सङ्क्रमण रोकथाम तथा नियन्त्रणका सामग्री वितरण

शान्ति सुरक्षा र सामाजिक सचेतनाका लागि अन्तरक्रिया कार्यक्रम

रुकुम पश्चिममा नेपाली कांग्रेस (चुनदेवी) कार्यालय स्थापना 

लागु औषध (ब्राउन सुगर) जस्तो देखिने पदार्थ सहित एकजना पक्राउ 

कर्णाली प्रदेश भलिबल संघको अध्यक्षमा शाही निर्वाचित 

रुकुम पश्चिममा भरुवा बन्दुक फेला 

नेपाल क्वार्टर फाइनल प्रवेश

नेपालले पाँच विकेटले अफगानिस्तानलाई हरायो

नेपालले अफगानिस्तानको सामना गर्दै 

लोकप्रिय समाचार

  • १. रुकुम पश्चिममा नेपाली कांग्रेस (चुनदेवी) कार्यालय स्थापना 

  • २. कर्णाली प्रदेश भलिबल संघको अध्यक्षमा शाही निर्वाचित 

  • ३. लागु औषध (ब्राउन सुगर) जस्तो देखिने पदार्थ सहित एकजना पक्राउ 

  • ४. स्वास्थ्य संस्थालाई सङ्क्रमण रोकथाम तथा नियन्त्रणका सामग्री वितरण

  • ५. शान्ति सुरक्षा र सामाजिक सचेतनाका लागि अन्तरक्रिया कार्यक्रम

पूर्व विद्यार्थीको लगानीमा विद्यालयमा मूर्ति निर्माण

रुकुम पश्चिम -८, असोज ।

Advertisement

आफुले ज्ञान आर्जन गरेको विद्यालय प्रतिको माया, सम्मान र दायित्व कति हुन्छ भन्ने कुरा रुकुम पश्चिमको एक सामुदायिक विद्यालयका पूर्व विद्यार्थीले देखाएका छन् । ती विद्यार्थीले व्यक्तिगत लगानीमा विद्यालय परिसरमा सरस्वतीकाे मूर्ति निर्माण गरेर विद्यालयलाई हस्तान्तरण गरेका छन् ।

जिल्लाको मुसिकोट नगरपालिका -१३ निवासी विजय केसीले आफैले अध्ययन गरेको महेन्द्र माध्यमिक विद्यालयमा सरस्वतीको मन्दिर र मूर्ति स्थापना गरेका हुन् ।

हाल अमेरिकामा रहेका केसीले कक्षा १ देखि १० हुँदै सोही विद्यालयमा अध्ययन गरी ३ वर्षे डिप्लोमा आईएसीएजि समेत अध्ययन गरेका थिए । उनले आफूले शिक्षा आर्जन गरेको विद्यालयमा केहि गर्ने सोच बनाएर र सोही अनुसार विद्याकी देवी सरस्वतीको मन्दिर र मूर्ति निर्माण गरेको बताए । आफूले ज्ञान आर्जन गरेको विद्यालय परिसरमा मन्दिर र मूर्ति स्थापना गर्न पाउँदा आफुलाई गर्व लागेको केसीले बताए ।

मन्दिर निर्माता केसीका बुवा झकबीर केसीका अनुसार पाँच लाख भन्दा बढी रकमको लागतमा मन्दिर र मूर्ति निर्माण भएको हो । आज एक कार्यक्रमका बिच विद्यालय परिसरमा निर्माण गरिएको मन्दिरमा विधिपूर्वक सरस्वतीको मूर्ति प्रतिस्थापन गरिएको छ । मूर्ति स्थापनासँगै पूजा–आराधना समेत गरिएको छ ।

विद्यालयका प्रधानाध्यापक झलक पुनले पूर्व विद्यार्थी विजय केसीको योगदानलाई शिक्षाप्रतिको माया, जन्मथलोप्रतिको आत्मीयता र सामाजिक उत्तरदायित्वको उत्कृष्ट उदाहरणका रूपमा चित्रण गर्नुभयो। उहाँले विद्यालय परिसरमा सरस्वतीको मन्दिर निर्माण भएपछि विद्यार्थीमा सकारात्मक संस्कारको विकास हुनुका साथै शैक्षिक वातावरण प्रवर्द्धनमा समेत टेवा पुग्ने विश्वास व्यक्त गर्नुभयो । यस अघि बिद्यालयमा सरस्वतीको मन्दिर थिएन ।

मुसिकोट नगरपालिका १३ का वडा अध्यक्ष खलबहादुर खड्काले हाल परदेशमा रहेर पनि आफुले अध्ययन गरेको विद्यालयमा सरस्वतीको मन्दिर निर्माण गरेर उदाहरणीय कार्य गरेको बताए। उनका अनुसार केसीले सामाजिक उत्तरदायित्वको क्षेत्रमा नमूनायोग्य योगदान गरेका हुन् ।

आज भएको कार्यक्रममा मन्दिर निर्माताका बुवा र आमालाई विद्यालयको तर्फबाट सम्मान समेत गरिएको छ । सम्मान पत्र र दोसल्ला ओढाएर उहाँहरुलाई सम्मान गरिएको हो ।

बिहिबार, असोज ०८, २०८३ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

स्वास्थ्य संस्थालाई सङ्क्रमण रोकथाम तथा नियन्त्रणका सामग्री वितरण
शान्ति सुरक्षा र सामाजिक सचेतनाका लागि अन्तरक्रिया कार्यक्रम
रुकुम पश्चिममा नेपाली कांग्रेस (चुनदेवी) कार्यालय स्थापना 
लागु औषध (ब्राउन सुगर) जस्तो देखिने पदार्थ सहित एकजना पक्राउ 
कर्णाली प्रदेश भलिबल संघको अध्यक्षमा शाही निर्वाचित 
रुकुम पश्चिममा भरुवा बन्दुक फेला 

लोकप्रिय

  • १.
    रुकुम पश्चिममा नेपाली कांग्रेस (चुनदेवी) कार्यालय स्थापना 

  • २.
    कर्णाली प्रदेश भलिबल संघको अध्यक्षमा शाही निर्वाचित 

  • ३.
    लागु औषध (ब्राउन सुगर) जस्तो देखिने पदार्थ सहित एकजना पक्राउ 

  • ४.
    स्वास्थ्य संस्थालाई सङ्क्रमण रोकथाम तथा नियन्त्रणका सामग्री वितरण

  • ५.

  • ६.
    रुकुम पश्चिममा भरुवा बन्दुक फेला 

  • ७.
    नेपाल क्वार्टर फाइनल प्रवेश

  • ८.
    नेपालले पाँच विकेटले अफगानिस्तानलाई हरायो

हाम्रो बारेमा

सुधार मल्टिमिडिया प्रालिद्वारा सञ्चालित सुधार न्युज (sudharnews.com) मुसिकोट नगरपालिका -१, बागबजार रुकुम पश्चिम ।

सूचना विभाग दर्ता नं. : ४९०१-२०८१/८२ प्रेस काउन्सिल सूचीकृत नं. : ४८९९-२०८१/८२

हाम्रो टीम

संचालक तथा सम्पादक – अमर राज पुन

उप सम्पादक – भरत चन्द

संवाददाता – प्रेमराज पुन

संवाददाता – दिपेन्द्र महतारा

आइटी प्रमुख – बिरस सुनार

सम्पर्क

Phone Number
9857821362/9848215746
Email
sudharnews62@gmail.com

Copyright ©2026 Sudhar News | All rights Reserved.
 Website By :  nwTech.