• समाचार
  • राजनीति
  • विशेष
  • आर्थिक
  • शिक्षा
  • स्वास्थ्य
  • विचार
  • मनोरञ्जन
  • विज्ञान प्रविधि
  • खेलकुद
  • भिडियो
×
बुधबार, असोज २१, २०८३
    • समाचार
    • राजनीति
    • विशेष
    • आर्थिक
    • शिक्षा
    • स्वास्थ्य
    • विचार
    • मनोरञ्जन
    • विज्ञान प्रविधि
    • खेलकुद
    • भिडियो

भर्खरै

स्वास्थ्य संस्थालाई सङ्क्रमण रोकथाम तथा नियन्त्रणका सामग्री वितरण

शान्ति सुरक्षा र सामाजिक सचेतनाका लागि अन्तरक्रिया कार्यक्रम

रुकुम पश्चिममा नेपाली कांग्रेस (चुनदेवी) कार्यालय स्थापना 

लागु औषध (ब्राउन सुगर) जस्तो देखिने पदार्थ सहित एकजना पक्राउ 

कर्णाली प्रदेश भलिबल संघको अध्यक्षमा शाही निर्वाचित 

रुकुम पश्चिममा भरुवा बन्दुक फेला 

नेपाल क्वार्टर फाइनल प्रवेश

नेपालले पाँच विकेटले अफगानिस्तानलाई हरायो

नेपालले अफगानिस्तानको सामना गर्दै 

लोकप्रिय समाचार

  • १. रुकुम पश्चिममा नेपाली कांग्रेस (चुनदेवी) कार्यालय स्थापना 

  • २. कर्णाली प्रदेश भलिबल संघको अध्यक्षमा शाही निर्वाचित 

  • ३. लागु औषध (ब्राउन सुगर) जस्तो देखिने पदार्थ सहित एकजना पक्राउ 

  • ४. स्वास्थ्य संस्थालाई सङ्क्रमण रोकथाम तथा नियन्त्रणका सामग्री वितरण

  • ५. शान्ति सुरक्षा र सामाजिक सचेतनाका लागि अन्तरक्रिया कार्यक्रम

इपिक परियोजनाको संयुक्त अनुगमन तथा सुपरिवेक्षण सम्पन्न  

रुकुम पश्चिम -७, असोज ।

Advertisement

रुकुम पश्चिममा सञ्चालित इपिक (EpiC) परियोजनाको संयुक्त अनुगमन तथा सहयोगात्मक सुपरिवेक्षण सम्पन्न भएको छ । मंगलबार जिल्लाको आठविसकोट नगरपालिका र सानीभेरी गाउँपालिका तथा बुधबार चौरजहारी नगरपालिका, त्रिवेणी र बाँफिकोट गाउँपालिकाका स्वास्थ्य चौकीमा संयुक्त अनुगमन तथा सुपरिवेक्षण सम्पन्न गरिएको हो ।

अमेरिकी सरकारको आर्थिक सहयोगमा सञ्चालित इपिक परियोजना मार्फत कार्यान्वयनमा रहेको मातृ, नवजात शिशु, बाल स्वास्थ्य तथा पोषण कार्यक्रमको प्रभावकारी कार्यान्वयन, सेवा प्रवाहको गुणस्तर तथा प्रगतिको समिक्षा गर्न र आगामी कार्यक्रमका लागि अनुगमन गरिएको नेपाल जनजागरण मञ्चले बताएको छ । जिल्ला समन्वय समितिका उपप्रमुख देवबहादुर बिकको नेतृत्वमा गोतामकोट स्वास्थ्य चौकी, अर्मा स्वास्थ्य चौकी, नुवाकोट स्वास्थ्य चौकी, पेउघा स्वास्थ्य चौकी र बाँफिकोट स्वास्थ्य चौकीको संयुक्त अनुगमन गरिएको छ ।

अनुगमन टोलीले MNCH-N सेवाको उपलब्धता र सेवा प्रवाह, गर्भवती महिला, सुत्केरी तथा नवजात शिशुलाई प्रदान गरिने सेवाको अवस्था, बाल स्वास्थ्य तथा पोषण सेवाको अवस्था, कुपोषण पहिचान, बर्थिङ्ग सेवाको अवस्था तथा तयारी अवस्था, संक्रमण रोकथाम तथा नियन्त्रणको अवस्था लगायतको स्थलगत अवलोकन तथा छलफल गरेको छ ।

अनुगमनको क्रममा स्वास्थ्य संस्थामा MNCH-N सम्बन्धी सेवा निरन्तर सञ्चालनमा रहेको, स्वास्थ्यकर्मीहरू कार्यक्रमका गतिविधिमा सक्रिय रूपमा संलग्न रहेको, स्थानीय तह तथा स्वास्थ्य संस्थाबाट कार्यक्रम कार्यान्वयनमा सहयोग प्राप्त भइरहेको पाइएको छ । त्यस्तै समुदायमा FCHV तथा अन्य समुदायस्तरीय स्वास्थ्यकर्मीको भूमिका महत्वपूर्ण रहेको र स्वास्थ्य संस्था तथा परियोजनाबीच समन्वय र सहकार्यको अभ्यास रहेको पाइएको बताइएको छ ।

तर, स्वास्थ्य संस्थाको अभिलेख तथा प्रतिवेदनमा तथ्याङ्कको गुणस्तर सुधार, इपिक तथा स्वास्थ्यजन्य फोहोर व्यवस्थापनका मापदण्डहरूको नियमित पालना, स्वास्थ्य संस्थाको अभिलेख तथा प्रतिवेदनमा तथ्याङ्कको गुणस्तर सुधार, MNCH-N सेवासँग सम्बन्धित आवश्यक सामग्री तथा उपकरणको उपलब्धता सुनिश्चितता लगायतमा सुधार गर्नुपर्ने आवश्यकता रहेको पाइएको छ ।

दुईदिने संयुक्त अनुगमनमा जिल्ला समन्वय समितिका उपप्रमुख देव बहादुर विक, समन्वय अधिकारी मेघराज सोनी, स्वास्थ्य सेवा कार्यालयका जनस्वास्थ्य अधिकृत हरी बहादुर पुन, पब्लिक हेल्थ नर्स कुसुम शाही, संस्थाका अध्यक्ष टेक बहादुर कुसारी, कार्यकारी निर्देशक रण बहादुर परियार लगायतको सहभागिता रहेको बताइएको छ ।

बुधबार, असोज ०७, २०८३ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

स्वास्थ्य संस्थालाई सङ्क्रमण रोकथाम तथा नियन्त्रणका सामग्री वितरण
शान्ति सुरक्षा र सामाजिक सचेतनाका लागि अन्तरक्रिया कार्यक्रम
रुकुम पश्चिममा नेपाली कांग्रेस (चुनदेवी) कार्यालय स्थापना 
लागु औषध (ब्राउन सुगर) जस्तो देखिने पदार्थ सहित एकजना पक्राउ 
कर्णाली प्रदेश भलिबल संघको अध्यक्षमा शाही निर्वाचित 
रुकुम पश्चिममा भरुवा बन्दुक फेला 

लोकप्रिय

  • १.
    रुकुम पश्चिममा नेपाली कांग्रेस (चुनदेवी) कार्यालय स्थापना 

  • २.
    कर्णाली प्रदेश भलिबल संघको अध्यक्षमा शाही निर्वाचित 

  • ३.
    लागु औषध (ब्राउन सुगर) जस्तो देखिने पदार्थ सहित एकजना पक्राउ 

  • ४.
    स्वास्थ्य संस्थालाई सङ्क्रमण रोकथाम तथा नियन्त्रणका सामग्री वितरण

  • ५.

  • ६.
    रुकुम पश्चिममा भरुवा बन्दुक फेला 

  • ७.
    नेपाल क्वार्टर फाइनल प्रवेश

  • ८.
    नेपालले पाँच विकेटले अफगानिस्तानलाई हरायो

हाम्रो बारेमा

सुधार मल्टिमिडिया प्रालिद्वारा सञ्चालित सुधार न्युज (sudharnews.com) मुसिकोट नगरपालिका -१, बागबजार रुकुम पश्चिम ।

सूचना विभाग दर्ता नं. : ४९०१-२०८१/८२ प्रेस काउन्सिल सूचीकृत नं. : ४८९९-२०८१/८२

हाम्रो टीम

संचालक तथा सम्पादक – अमर राज पुन

उप सम्पादक – भरत चन्द

संवाददाता – प्रेमराज पुन

संवाददाता – दिपेन्द्र महतारा

आइटी प्रमुख – बिरस सुनार

सम्पर्क

Phone Number
9857821362/9848215746
Email
sudharnews62@gmail.com

Copyright ©2026 Sudhar News | All rights Reserved.
 Website By :  nwTech.