रुकुम पश्चिम -४, साउन ।
Advertisement
भियतनाममा डुङ्गा पल्टिंदा कम्तीमा ३४ जनाको मृत्यु भएको छ । देशको उत्तर भागमा पर्ने चर्चित पर्यटकीय गन्तव्य हा लोंग बेमा शनिबार डुङ्गा पल्टिएको हो । दुर्घटनामा अझै केही मानिसहरु हराइरहेका छन् ।
डुङ्गामा सवार अधिकांश यात्रुहरू हनोइबाट आएका भियतनामी परिवारका सदस्यहरु रहेको बताइएको छ ।
उद्धारकर्मीहरूका अनुसार मुसलधारे वर्षा रखाब मौसमका कारण जीवित व्यक्तिहरूको खोजीमा कठिनाइ भइरहेको छ । हालसम्म फेला परेका शवमध्ये कम्तीमा आठ जना बालबालिका छन् । ११ जनालाई भने जीवितै पानीबाट निकालिएको छ ।
“वान्डर सिज” नामको सो डुंगा ५३ जनालाई लिएर जाँदै गर्दा एक्कासी आएको आँधीबेहरीका कारण पल्टिएको भियतनामी सीमा सुरक्षाबलले जनाएको छ । हराइरहेका मानिसहरुको खोजीका लागि उद्धारकार्य जारी छ ।