• समाचार
  • राजनीति
  • विशेष
  • आर्थिक
  • शिक्षा
  • स्वास्थ्य
  • विचार
  • मनोरञ्जन
  • विज्ञान प्रविधि
  • खेलकुद
  • भिडियो
×
सोमबार, भदौ २९, २०८३
    • समाचार
    • राजनीति
    • विशेष
    • आर्थिक
    • शिक्षा
    • स्वास्थ्य
    • विचार
    • मनोरञ्जन
    • विज्ञान प्रविधि
    • खेलकुद
    • भिडियो

भर्खरै

आज हरितालिका तिज मनाइँदै 

बोलेरो दुर्घटना अपडेट : मृतकको पहिचान खुल्यो 

सानीभेरीमा बोलेरो दुर्घटना हुँदा दुईजनाको मृत्यु, केही घाइते

अन्नपूर्ण स्पाइकर्सले जित्यो एनभिएल उपाधि 

एसिसी मेन्स प्रिमियर कपको उपाधि नेपालले जित्यो

एसिसी मेन्स प्रिमियर कप : नेपालद्वारा युएइलाई तीनसय १४ रनको लक्ष्य

कर्णाली शिवराज एनभिएल फाइनलमा

जेनजी आन्दोलनको बेला कारागारबाट फरार कैदी पक्राउ

एनभिएल फाइनलमा अन्नपूर्ण स्पाइकर  

लोकप्रिय समाचार

  • १. सानीभेरीमा बोलेरो दुर्घटना हुँदा दुईजनाको मृत्यु, केही घाइते

  • २. बोलेरो दुर्घटना अपडेट : मृतकको पहिचान खुल्यो 

  • ३. अन्नपूर्ण स्पाइकर्सले जित्यो एनभिएल उपाधि 

  • ४. जेनजी आन्दोलनको बेला कारागारबाट फरार कैदी पक्राउ

  • ५. एसिसी मेन्स प्रिमियर कपको उपाधि नेपालले जित्यो

  • ६. कर्णाली शिवराज एनभिएल फाइनलमा

  • ७. एसिसी मेन्स प्रिमियर कप : नेपालद्वारा युएइलाई तीनसय १४ रनको लक्ष्य

  • ८. एनभिएल फाइनलमा अन्नपूर्ण स्पाइकर  

  • ९. लागु औषध मुद्दाका फरार प्रतिवादी पक्राउ

  • १०. ओमानलाई पराजित गर्दै नेपाल एसिसी मेन्स प्रिमियर कपको फाइनल प्रवेश 

ट्राफिक प्रहरी कार्यालय : साढे दुई हजार बढी सवारी साधन कारबाहीमा

"२४ लाख ७३ हजार राजस्व सङ्कलन  "

अमरराज पुन 
रुकुम पश्चिम -१०, वैशाख ।

Advertisement

जिल्ला ट्राफिक प्रहरी कार्यालय रुकुम पश्चिमले साढे २ हजार बढी सवारी साधनलाई कारबाही गरेको छ । चालु आर्थिक वर्षको साउनदेखि हालसम्म दुई हजार ६ सय ४९ साना तथा ठूला सवारी साधनलाई कारबाही गरेको हो ।

 

ट्राफिक प्रहरी कार्यालयका इन्चार्ज प्रहरी वरिष्ठ नायब निरीक्षक नरेन्द्र प्रसाद भट्टले जिल्लाका विभिन्न स्थानमा नियमित ट्राफिक चेकजाँचका क्रममा ट्राफिक नियम उल्लङ्घन गर्ने सवारी साधनलाई कारबाही गरिएको बताए । कारबाहीमा परेका सवारी साधनमध्ये सबैभन्दा बढी एकहजार तीनसय ६६ मोटरसाइकल रहेका छन् ।

 

त्यस्तै ५ सय १८ वटा जिप/कार/भ्यान, २ सय ६९ वटा टेम्पो, १ सय ९३ वटा ट्रयाक्टर, १ सय ६४ वटा बस तथा मिनिबस र १ सय ३९ वटा ट्रक/ट्याङ्कर कारबाहीमा परेको ट्राफिक प्रहरी कार्यालयको भनाइ छ ।

 

२४ लाख ७३ हजार राजस्व सङ्कलन 

ट्राफिक प्रहरी कार्यालयले चालु आर्थिक वर्षको साउनदेखि हालसम्म २४ लाख ७३ हजार ५ सय राजस्व सङ्कलन गरेको छ । ट्राफिक चेकजाँचका क्रममा कारबाहीमा परेका साढे २ हजार बढी सवारी साधनबाट २४ लाख भन्दा धेरै राजस्व सङ्कलन गरिएको छ ।

 

जसमध्ये मोटरसाइकलबाट मात्रै १४ लाख ४५ हजार ५ सय राजस्व सङ्कलन गरिएको ट्राफिक प्रहरी कार्यालयले बताएको छ ।

 

त्यस्तै जिप/कार/भ्यानबाट ४ लाख ६ हजार, टेम्पोबाट दुई लाख १० हजार, बस तथा मिनिबसबाट १ लाख ४४ हजार, ट्रक/ट्याङ्करबाट १ लाख ३६ हजार ५ सय र ट्रयाक्टरबाट १ लाख ३१ हजार ५ सय रुपैयाँ राजस्व जम्मा गरिएको छ ।

 

८० वटा सवारी दुर्घटनाबाट पाँचजनाको मृत्यु 

जिल्ला ट्राफिक प्रहरी कार्यालयले चालु आर्थिक वर्षमा ८० वटा सवारी साधन दुर्घटनामा परेको बताएको छ । साउनदेखि चैत अन्तिमसम्म भएका सवारी दुर्घटनाबाट पाँच जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा पाँचै जना पुरुष रहेका छन् ।

 

त्यस्तै सवारी दुर्घटनाबाट ३८ जना गम्भीर घाइते हुँदा ९० जना सामान्य घाइते भएको ट्राफिक प्रहरी कार्यालयको दुर्घटना विवरणमा छ ।

 

चालु आर्थिक वर्ष देखि चैत सम्म ४१ वटा मोटरसाइकल, १३ वटा जिप/कार, १२ वटा अटो लगायत अन्य साना तथा ठूला सवारी साधन दुर्घटनामा परेका छन् ।

 

गत आर्थिक वर्षमा साढे ५ हजार सवारी साधन कारबाहीमा, ४१ लाख बढी राजस्व सङ्कलन 

जिल्ला ट्राफिक प्रहरी कार्यालयले गत आर्थिक वर्ष ८०/८१ मा पाँच हजार ६ सय ७५ सवारी साधन कारबाही गरेको छ । कारबाहीमा परेका सवारी साधनबाट ४१ लाख ७१ हजार ५ सय रुपैयाँ राजस्व सङ्कलन भएको बताइएको छ ।

 

गत वर्षमा सबैभन्दा बढी मोटरसाइकलबाट मात्रै २० लाख राजस्व सङ्कलन भएको ट्राफिक प्रहरी कार्यालयले जनाएको छ । ट्राफिक प्रहरीले २ हजार ७ सय ३५ मोटरसाइकल कारबाही गरेको थियो ।

 

त्यस्तै गत आर्थिक वर्षमा ८० वटा सवारी दुर्घटनाबाट २३ जनाको मृत्यु हुँदा १ सय ५५ जना घाइते भएका थिए ।

बुधबार, बैशाख १०, २०८२ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

आज हरितालिका तिज मनाइँदै 
बोलेरो दुर्घटना अपडेट : मृतकको पहिचान खुल्यो 
सानीभेरीमा बोलेरो दुर्घटना हुँदा दुईजनाको मृत्यु, केही घाइते
अन्नपूर्ण स्पाइकर्सले जित्यो एनभिएल उपाधि 
एसिसी मेन्स प्रिमियर कपको उपाधि नेपालले जित्यो
एसिसी मेन्स प्रिमियर कप : नेपालद्वारा युएइलाई तीनसय १४ रनको लक्ष्य

लोकप्रिय

  • १.
    सानीभेरीमा बोलेरो दुर्घटना हुँदा दुईजनाको मृत्यु, केही घाइते

  • २.
    बोलेरो दुर्घटना अपडेट : मृतकको पहिचान खुल्यो 

  • ३.
    अन्नपूर्ण स्पाइकर्सले जित्यो एनभिएल उपाधि 

  • ४.
    जेनजी आन्दोलनको बेला कारागारबाट फरार कैदी पक्राउ

  • ५.
    एसिसी मेन्स प्रिमियर कपको उपाधि नेपालले जित्यो

  • ६.
    कर्णाली शिवराज एनभिएल फाइनलमा

भर्खरै

  • १.
    आज हरितालिका तिज मनाइँदै 

  • २.
    बोलेरो दुर्घटना अपडेट : मृतकको पहिचान खुल्यो 

  • ३.
    सानीभेरीमा बोलेरो दुर्घटना हुँदा दुईजनाको मृत्यु, केही घाइते

  • ४.
    अन्नपूर्ण स्पाइकर्सले जित्यो एनभिएल उपाधि 

  • ५.
    एसिसी मेन्स प्रिमियर कपको उपाधि नेपालले जित्यो

  • ६.
    एसिसी मेन्स प्रिमियर कप : नेपालद्वारा युएइलाई तीनसय १४ रनको लक्ष्य

  • ७.
    कर्णाली शिवराज एनभिएल फाइनलमा

  • ८.
    जेनजी आन्दोलनको बेला कारागारबाट फरार कैदी पक्राउ

हाम्रो बारेमा

सुधार मल्टिमिडिया प्रालिद्वारा सञ्चालित सुधार न्युज (sudharnews.com) मुसिकोट नगरपालिका -१, बागबजार रुकुम पश्चिम ।

सूचना विभाग दर्ता नं. : ४९०१-२०८१/८२ प्रेस काउन्सिल सूचीकृत नं. : ४८९९-२०८१/८२

हाम्रो टीम

संचालक तथा सम्पादक – अमर राज पुन

उप सम्पादक – भरत चन्द

संवाददाता – प्रेमराज पुन

संवाददाता – दिपेन्द्र महतारा

आइटी प्रमुख – बिरस सुनार

सम्पर्क

Phone Number
9857821362/9848215746
Email
sudharnews62@gmail.com

Copyright ©2026 Sudhar News | All rights Reserved.
 Website By :  nwTech.