रुकुम पश्चिम २, फागुन ।
Advertisement
विश्वभर प्रेम साटासाट गरेर आज प्रणय दिवस मनाईंदै छ । १४ फेब्रअरीलाई प्रणय दिवसको रुपमा प्रेम साटासाट गरी मनाईंदैछ ।
क्याथोलिक र रोमन समुदायका नागरिकले आजको दिनलाई भ्यालेन्टाइन डे को रुपमा विशेष रुपमा मनाउने गरेका छन् ।
तर पछिल्लो समय बढ्दो सूचना र प्रविधिको विकाससँगै प्रणय दिवस विश्वभरमा नै मनाउन थालिएको छ । नेपालमा पनि केही वर्षदेखि यता युवा युवती माझ प्रणय दिवस मनाउने चलन बढ्दै गएको छ ।
भ्यालेन्टाइन डे को औपचारिक शुरुवात सन् २ सय ६९ तिर रोमनबाट भएको मानिन्छ ।
सन्त भ्यालेन्टाइनले प्रेमका लागि गरेको त्यागको सम्झनामा विश्वभर हरेक वर्ष १४ फेब्रुअरीमा प्रणय दिवसका रुपमा भ्यालेन्टाइन डे मनाउने चलन रहेको छ ।