रुकुम पश्चिम -२२, साउन ।
Advertisement
नेपाली चलचित्र हली आजदेखि एकैसाथ प्रदर्शनमा आएको छ । किसानका सुख दुःखलाई समेटेर निर्माण गरिएको मौलिक चलचित्र हली देशका विभिन्न हलमा एकसाथ प्रदर्शनमा आएको हो ।
चलचित्र हली प्रदर्शनमा आएसँगै बिहानैदेखि देशका विभिन्न चलचित्र हलमा दर्शकहरूको बाक्लो उपस्थिति रहेको अभिनेता प्रमोद दीपले बताए ।
कृषि प्रधान देश नेपाल र किसान सँग सम्बन्धित यस चलचित्रमा अभिनेता प्रमोद दीप, अभिनेत्री सुजता थापा, विद्या कार्की लगायतको कलाकारको भूमिका रहेको छ । फिल्म निर्माताको रुपमा पूजा गुरुङ र जस्मिन श्रेष्ठ रहेका छन् ।
यस चलचित्रले लाखौं दर्शकको मन जित्ने चलचित्र निर्माता टिमले अपेक्षा गरेको छ ।