बिरस सुनार
Advertisement
रुकुम पूर्व -१२, वैशाख ।
नेपाली चलचित्र नरसिंहाको अच्छा लेकिन लन्डनको चिसोले समाउला गीत युट्युबको ट्रेडिङ एकमा पर्न सफल भएको छ । एकसाता अघि म्युजिक नेपाल युट्युब च्यानलबाट सार्वजनिक गरिएको गीत ट्रेडिङ एकमा पर्न सफल भएको हो ।
यसअघि दैव संजोग नामक चलचित्रमा सार्वजनिक गरिएको उक्त गीत अहिले नयाँ भर्सनका साथ रेकर्डिङ गरिएको गीत युट्युबमा २६ लाखले हेरेका छन् ।
शम्भुजित बास्कोटा र रचना रिमालको आवाज रहेको यस गीतमा बासकोटाको शब्द सङ्गीत रहेको छ ।
यस चलचित्रमा महानायक राजेश हमाला नीति शाह, राज कटुवाल, सनिसा भट्टराई, संराेज खनाल, निर शाह, अर्जुन श्रेष्ठ, उषा खड्की, दिपा शाही लगायत कलाकारको अभिनय रहेको छ । चलचित्रको कथा लेखन तथा निर्देशन दिवाकर भट्टराईले गरेका छन् ।