रुकुम पश्चिम -१८, फागुन ।
चर्चित गायक कलाकार तथा निर्देशक प्रकाश सपुतको निर्देशनमा निर्माण भएको नेपाली चलचित्र ‘बसन्त’ को पहिलो गीत ‘बिना स्वादैको’ सार्वजनिक भएको छ । होरर रोमान्टिक विधामा तयार पारिएको गीत सनिवार, प्रकाश सपुत युट्युब च्यानल मार्फत सार्वजनिक भएको हो ।
गायक देवेन्द्र बब्लु को सुमधुर आवाजमा सजिएको गीतमा शब्द तथा संगीत संयोजन गरेका छन् । गीतको सङ्गीत निर्माण योगेश काजी शाहले गरेका हुन् भने ध्वनि सम्पादन तथा मिक्सिङ मनोज परियारले गरेका छन् ।
गीत युट्युबमा सार्वजनिक भएसँगै दर्शक तथा स्रोताहरूबाट सकारात्मक प्रतिक्रिया पाइरहेको छ । सुधार न्युजले समाचार तयार पार्दासम्म गीतले १६ हजारभन्दा बढी लाइक र १ लाख ६० हजारभन्दा बढी भ्युज बटुलिसकेको छ ।
प्रकाश सपुतले पहिलो पटक निर्देशन गरेको चलचित्रमा स्वस्तिमा खड्का, खड्ग बहादुर पुन (खबपु), प्रभात पाल ठकुरी, श्री शिवान्सी, उर्मिला लामगादे, अनुप बराल, प्रकाश घिमिरे लगायतका कलाकारहरूको अभिनय रहेको छ । चलचित्रको प्रदर्शन मिति भने २२ चैत्र २०८१ लाई तोकिएको छ ।