रुकुम पश्चिम -१३, फागुन ।
Advertisement
नेपाली सिनेमा हलहरुमा बुधवार देखि तीन चलचित्र प्रदर्शनमा आउने भएका छन् । महाशिवरात्रीको अवसर पारेर चलचित्र लाज शरणम्’, ‘मायावी’ र ‘फेरि रेशम फिलिली’ प्रदर्शनमा आउने भएका हुन् ।
फरक-फरक कथावस्तुमा निर्माण भएका ‘लाज शरणम्’, ‘मायावी’ र ‘फेरि रेशम फिलिली’ निकै अपेक्षित चलचित्र हुन् । तिनै चलचित्रको प्रदर्शनले मंसिर महिनायता सुस्ताएको चलचित्रको व्यापारलाई चलायमान बनाउने ठूलो अपेक्षा गरिएको छ ।
‘लाज शरणम्’ र ‘फेरि रेशम फिलिली’ कमेडी जनराका चलचित्र हुन् । ‘मायावी’ भने पूर्ण माया प्रेममा आधारित चलचित्र हो ।
फरकफरक जनराका चलचित्र एकै दिन प्रदर्शनमा आउने भएपछि दर्शकले आफ्नो रुचि र इच्छा अनुसारको चलचित्र हेर्न पाउने छन् ।